कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन विश्वका सबैदेशबीच सहकार्य अनिवार्य : डब्ल्यूएचओ


१७ पुष २०७८, शनिबार

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।

सङ्गठनका प्रमुख डा. टेड्रोस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताएका हुन् । डब्ल्यूएचओका प्रमुख डा. गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिएका छन् ।

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको संख्या २ सय ८७ मिलियन पुगेको छ । कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७