राप्रपासँग एकता नगर्न रविन्द्र मिश्र पक्षलाई मिलन पाण्डे समूहको चेतावनी


१७ पुष २०७८, शनिबार

काठमाडौं । राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको चर्चाका बीच असन्तुष्ट समूहले आपत्ति जनाएको छ । पार्टीको कारबाहीमा परेका मिलन पाण्डे समूहले राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’ को नाम दुरुपयोग नगर्न अध्यक्ष रवीन्द्र मिश्रलाई चेतावनी दिएको हो ।

असन्तुष्ट समूहको तर्फबाट हरीशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रवीन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाई प्रति आफूहरुको गम्भीर विमति रहेको उल्लेख गरिएको छ ।

’यस्तो ‘एकताको प्रस्ताव’ मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौं । साथै, पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्म विपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन हामी पार्टी सदस्यहरूलाई अपिल गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।

मिश्र पक्षले कीर्ते दस्ताबेज बनाएर निर्वाचन आयोगलाई बुझाएको पनि असन्तुष्ट पक्षले आरोप लगाएको छ । यसबारे आफूहरु अदालत जाने पनि सो पक्षको भनाइ छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७