राष्ट्रियसभा निर्वाचनको प्रक्रिया आजदेखि शुरु, नामावली प्रकाशन गर्दै


१७ पुष २०७८, शनिबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि शुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज शुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने एक जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिनेलगायतका कार्यक्रम छन् ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १,४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिन्हको प्राथमिकता निर्धारण गर्ने भएको छ । फागुन २० मा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका ४, नेकपा (माओवादी केन्द्र) का ४ र एक जना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिँदैछ ।

nirwachan karyakram page 0001 768x558 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७