नयाँ नेतृत्व चयनबारे छलफल गर्न माओवादी केन्द्रको विहानैदेखि स्थायी कमिटी वैठक

आजको बन्द सत्रमा के-के हुन्छ ?


१७ पुष २०७८, शनिबार
mao 4

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा जारी छ । क्लस्टरअनुसारका केन्द्रीय सस्य संख्या टुंग्याउन र विधान मस्यौदामाथि आएका सुझावलाई कसरी लिने भन्नेबारे निष्कर्षमा पुग्न बैठक बसेको हो । आठौं महाधिवेशन अन्तर्गत आज छैटौं दिनको बन्द सत्र ११ बजेदेखि शुरु हुँदैछ । विधान पारित गरेर आजै नेतृत्व चयन गरेर महाधिवेशन सक्ने माओवादीको तयारी छ ।
लम्बियो माओवादी महाधिवेशन, आजको बन्द सत्रमा के-के हुन्छ ?
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र आज (शनिबार) पनि जारी रहनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन लम्बिएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन बाँकी भएकाले महाधिवेशन लम्बिएको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अहिले बिहान ११ बजेपछि बन्दसत्र प्रारम्भ हुनेछ । विधान मस्यौदामा उठेका जिज्ञासामा नेता देवप्रसाद गुरुङले जवाफ दिएपछि पारित गर्ने कार्यसूची छ ।

विधान पारित भएपछि मात्रै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने छ । शुरुमा सदस्य मात्र भनेर केन्द्रीय कमिटी चयन गर्ने र त्यसले पछि पदाधिकारी छनोट गर्ने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । अध्यक्ष पदमा प्रचण्ड नै दोहोरिने सम्भावना छ । किनभने अहिलेसम्म यस पदमा कसैले दाबी गरेका छैनन् । अन्य पदाधिकारीमा भने थुप्रै नेता आंकाक्षी रहेको खबर सार्वजनिक भएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना देखिएको छ । महासचिवमा धेरै नेताले दाबी गरेका छन् । विधान पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रको निर्वाचन आयोगले नजनाएको छ । माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७