सँगै सुतेकी श्रीमतीको शंकास्पद मृत्यु, श्रीमान पक्राउ


१७ पुष २०७८, शनिबार
rukum 0p6U2nW0fO

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान-श्रीमती एउटै कोठामा रहेका बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल) ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान शुरु गरिएको छ । आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र शवको पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७