अनलाइनलाई लोक कल्याणकारी विज्ञापन दिन सरकारले तयारी गर्दैछ : मन्त्री कार्की


१७ पुष २०७८, शनिबार
gyanendra karki

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा गरेको कर्यक्रममा बोल्दै उहाँले अनलाइन सञ्चार माध्यामलाई पनि लोक कल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताए । अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरूलाई उनले आग्रह गरे ।

अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने उनको प्रतिबद्धता छ । मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए । सरकारले यसअघि टेलिभिजन, रेडियो र पत्रपत्रिकालाई मात्र लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७