जनतालाई धेरैपल्ट योजना बाँडेर झुक्याइयो, म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाँक्री


१७ पुष २०७८, शनिबार
ram kumari
फाइल फोटो

गुल्मी । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छिन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा मन्त्री झाँक्रीले केही नेताहरूले आश्वासन बाँडेर काम नगरेको भन्दै आफूले काम गरेपछि मात्र बोल्ने बताइन् ।

‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिंड्न चाहन्न,’ उनले भनिन्, ‘हिजो कसैले बोलेर जनताहरूलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’ फरक प्रसङ्गमा मन्त्री झाँक्रीले धुर्कोटको शिक्षालगायत अन्य विकासका काममा आफूले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उनले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्वपूणर् रहेको बताइन् । विद्यार्थीहरूको भोलिको शिक्षा कस्तो हुन्छ भन्ने कुराको ग्यारेन्टी कक्षाकोठाको सिकाइले नै गर्ने भएकाले शिक्षकहरूले सिकाइमा विशेष ध्यान दिन पनि मन्त्री झाक्रीले निर्देशन दिइन् ।

सरकारी विद्यालयहरूमा देशभर नै शिक्षकको दरवन्दी अभाव रहेको भन्दै उनले त्यसको व्यवस्थापनमा सरकार लागेको जानकारी दिइन् । मन्त्री झाँक्रीले विद्यालयको नव निर्मित ४ कोठे भवनको समेत उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७