१५ वर्षमै स्नातक, चार वर्षमा पाँच विषयको डिग्री


१७ पुष २०७८, शनिबार
Degree 15 Years

काठमाडौं । सानै उमेरमा स्नातक गरेपछि अमेरिकाको क्यालिफोर्निया बस्दै आएका ज्याक रिको अहिले चर्चामा छन् । १५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो ।

उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे । सुरुमा ४ वर्ष ज्याकलाई उनकी आमा रु एन्ड्राडेले घरमै पढाएकी थिइन् । घरमा पढ्ने कुरा सबै सकिएपछि पनि उनमा जिज्ञासा बढ्दै गएपछि ११ वर्षको उमेरमा उनलाई फुलरटन कलेज भर्ना गरियो ।

परीक्षामा उत्कृष्ट अंक ल्याएपछि उनी उच्च शिक्षाका लागि कलेज भर्ना भए र १३ वर्षको उमेरमै ४ वटा एसोसिएट डिग्री प्राप्त गरे । उनले इतिहास, सामाजिक व्यवहार, कला र मानव अभिव्यक्ति तथा सामाजिक विज्ञानमा डिग्री हासिल गरेका हुन् । उनी क्यालिफोर्निया कलेजको डिग्री लिने पहिलो व्यक्ति हुन् ।

उनले स्नातक तहमा ३.७८ ग्रेड अंक ल्याएका छन् । अब उनी अहिले मास्टर डिग्री लिने तयारीमा लागेका छन् । उनलाई भविष्यको बारेमा सोध्दा उनले धेरै पैसा कमाएर बहिनीको हेरचाह गर्न चाहन्छु भनेका छन् । उनी बहिनी अटिजमपीडित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७