सभामुखले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक


१७ पुष २०७८, शनिबार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि बस्ने गरी आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको हो ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षको विरोधकै बीच सभामुखले संसद्को काम कारबाही अगाडि बढाउँदै लगेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा यीलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७