३४२ मा कोरोना संक्रमण, २५२ जना निको


१७ पुष २०७८, शनिबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ परीक्षणमा ३४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

पीसीआर परीक्षणमा हालसम्म ८ लाख २८ हजार ७७३ जना संक्रमित भएका छन् । २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको ज्यान गएन । योसँगै निको हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।

कोरोनाबाट हालसम्म ११ हजार ५९४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ९६९ जना छन् । २४ घण्टामा ५९ हजार ११२ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

ccccccccccccccccc 0112022113849 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७