लागुऔषधसहित तीन युवती, दुई युवक पक्राउ


१७ पुष २०७८, शनिबार
dang laguaushadh ZLD6gd14Ym

दाङ । दाङमा प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय (तुलसीपुर) बाट खटिएको टोलीले पुस १५ र १६ गते गरेर लागुऔषधसहित तीन युवती र दुई युवकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामा तुलसीपुर उपमहानगरपालिका-५ (ख) लाइन निवासी १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दीपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणि पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोल निवासी ३० वर्षीय कैलाश नेपाली छन् ।

उनीहरूका साथबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय (दाङ) का डीएसपी मुकुन्द रिजालले जानकारी दिए । पछिल्लो समय महिला पनि लागुऔषध कारोबारमा संलग्न देखिएको छ । महिला भएकाले चेकजाँच पनि हुँदैन भनेर लागुऔषध ओसारपसारमा लाग्ने गरेको डीएसपी रिजालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७