गोठाला गएकी बालिका बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ


१७ पुष २०७८, शनिबार
pakrau
फाइल फोटो

धनकुटा । बालिका बलात्कारको आरोपमा धनकुटा नगरपालिका-९ छिम्सुवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय १० वर्षीया बालिकालाई गत असोज ९ गते बलात्कार गरी फरार भएका २० वर्षीय सरोज भनिने गोपी बस्नेत शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोठालो गएको बेला बस्नेतले बालिकालाई बलात्कार गरेको र त्यसबारे पीडित पक्षले उजुरी दिएपछि फरार भएको बताइएको छ । प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार सीमा क्षेत्रमा लुकीछिपी बस्दै आएको अवस्थामा आरोपीलाई पक्राउ गरिएको हो । अभियुक्त बस्नेतलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरिएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७