टुँडिखेलमा साकेला उधौली रौनक (फोटोफिचर)


१७ पुष २०७८, शनिबार
sakela ubauli

काठमाडौं, १७ पुस । किरात समुदायले आज काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्। मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्।

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । उभौली चाड शनिबार किरात राई यायोख्खा जिल्ला कार्यसमिती काठमाडौंको आयोजनामा टुँडिखेलमा भब्यताका साथ मनाईएको छ ।

देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती राई तथा सुनुवारहरुले टुडिखेलमा ‘साकेला शिली’ नाच्दै शुभकामना आदान प्रदान गर्दे शनिबार भव्यताका साथ मनाएको हो । कार्यक्रममा प्रदेश १ को मुख्य मन्त्री राजेन्द्र राई र किरात राई यायोख्खाको अध्यक्ष दिवस राईले उद्धघाटन गरेका थिए ।

साकेला kirat rai sakela 26


प्रदेश १ का ले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने बताएका छन् । काठमाडौंमा आज (शनिबार) आयोजित किरात राई यायोक्खा काठमाडौं कार्यसमितीले टुँडिखेलमा आयोजना गरेको कार्यक्रमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपचिनाबाट किमार्थ नहट्ने बताए ।

पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई लत्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ । ‘सुम्निमा पारुहाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ उनले प्रतिवद्धता जनाए । किरात राई यायोख्खाको अध्यक्ष दिवस राईले शुभकामना दिँदै प्रदेश न १ किराँत प्रदेश हुनुपर्ने बताए । कार्यक्रममा सुम्निामा पुस्तक बिमोचन गरियो ।

साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ ,दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

टुडिखेलमा युवा युवतीसँगै अधिकांश उपस्थित समुदायले परम्परागत पहिरनमा सजिएर आएका थिए । किरात राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरिएसँगै महिना दिनसम्म साकेला पर्व मनाइने प्रचलन छ । साकेला प्रदेश नं. १ का सबै जिल्लामा, काठमाडौं उपत्यकाका तीन जिल्ला र किराती समुदाय स्थायी र अस्थायी रुपमा बसोवास गरिरहेका अन्य प्रदेश तथा विदेशमा भव्य रुपमा मनाइन्छ ।

किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ। प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे ।

मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।

जाडो बढेपछि बेसीतिर झर्ने भएकोले उधौली र गर्मी शुरु भएपछि लेकतिर लाग्ने भएकोले उभौली नाम राखिएको किरातीहरु बताउँछन्। खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ।

किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७