अतिरिक्त शुल्क नबुझाउँदा पढाइबाटै वञ्चित


१८ पुष २०७८, आईतवार
Medical college

काठमाडौं । निजी मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले गेटमै रोक लगाएको पीडित बताउँछन् ।

यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन् । जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ । चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन् । नोबेल मेडिकलका प्रिन्सिपल प्रा।डा।रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरे ।

‘शुल्क तिरेकाहरूले पढिरहेका छन्’, प्रिन्सिपल प्राडा. घिमिरेले भने, ‘नतिरेकाहरू आएका छैनन् ।’ नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्रअन्तर्गत एमबीबीएसको कक्षा सुरु भइसकेको छ । तर, यीमध्ये मणिपालले प्रवेश दिए पनि अतिरिक्त शुल्कको तनाव दिन थालेको विद्यार्थी बताउँछन् । नोबेलले अतिरिक्त शुल्क नतिर्नेलाई सुरक्षा गार्ड लगाएर बाहिर निकालेको जनाइएको छ ।

‘हामीलाई कलेजभित्र छिर्न दिएका छैनन्’, एक विद्यार्थीले भने, ‘अतिरिक्त शुल्क नतिरे नआउनू भनेको छ । के गर्नु विश्वविद्यालयलाई पैसा बुझाइसक्यौं ।’ केहीले ४० प्रतिशतसम्म शुल्क तिरेको ती विद्यार्थीले सुनाए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७