संसद अघि कार्य व्यवस्था परामर्श समिति बैठक बस्दै


१८ पुष २०७८, आईतवार
agniprasad sapkota 1536x864 1

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले आज (आइतबार) बिहान साढे ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्य व्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी हुनेछन् । ‘कार्य व्यवस्था परामर्श समिति बैठकमा हामी पनि सहभागी हुने छौं । तर, संसद बैठक सञ्चालन सम्बन्धमा हाम्रा पुरानै माग छन्’, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने ।

कार्य व्यवस्था परामर्श समिति बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षको विरोधकै बीच सभामुखले संसद्को काम कारबाही अगाडि बढाउँदै लगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७