गोठमा आगो लाग्दा बास बसेका युवकको मृत्यु


१८ पुष २०७८, आईतवार
agalagi fireing आगालागी 234545

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका-५ लुङसुङमा आगलागीमा परेर एक युवकको मृत्यु भएको छ ।
गाईबस्तु बाँध्ने गोठमा आगो लाग्दा जलेर स्थानीय २३ वर्षीय पङ्खामान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

साथीहरुसँग काठ चिर्न जंगल गएको बेला गोठमा बास बस्दा घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७