कर्मचारीबाट ५० लाख बरामद प्रकरण : सौर्य एयरलाइन्सका स्टेशन म्यानेजर पक्राउ


०६:५३ बजे

काठमाडौं । चाउचाउको कार्टुनबाट ५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले जानकारी दिए ।

शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेललाई पक्राउ गरेको थियो । सो रकम चेकजाँच नगरीकन विमानमा राखिएको सुराकको आधारमा निगरानी गरेर रकम रिसिभ गर्न पुगेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो ।

जहाजको इन्जिन स्टार्ट पछि पछि स्टेशन म्यानेजर पौडेलले उडान नम्बर सौ-७२४ मा सो पैसाको पोको लगेर दिएका थिए । भद्रपुर लेखिएको रातो रंगको झोलामा सो रकम फेला परेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७