दक्षिण अफ्रिकाको संसद् भवनमा भीषण आगलागी


१८ पुष २०७८, आईतवार
thumb 1

काठमाडौं । दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनमाथिको आकाश धुँवाले ढाकेको र छानामा आगोको मुस्लो देखिएको भिडियोहरु स्थानीय टेलिभिजनहरुले प्रशारण गरेका छन् ।

आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भनेर स्पष्ट हुन सकेको छैन । सांसद नजिक शान्ति नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुलाई अन्त्येष्टी गरेको केही घण्टापछि आगालागी सुरु भएको हो ।

‘आगो नियन्त्रण बाहिर छ र भवनको भित्ताहरु चर्किएको जानकारी आएको छ,’ सहरको आपत्कालीन सेवाका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएका छन् । आगलागी भवनको तेस्रो तल्लामा रहेको कार्यालयबाट लाग्न सुरु भएको र भवनमा फैलिएको हो । संसद् भवनमा तीन वटा सेक्सन रहेका छन् । सबैभन्दा पुरानो भवनमा सन् १८८४ मा निर्माण भएको थियो । नयाँ सेक्सनको भवन ८० को दशकमा निर्माण भएको हो ।

दक्षिण अफ्रिकामा राज्यका तीन अंगका राजधानी फरक फरक ठाउँमा छन् । कार्यापालिका प्रिटोरिया, व्यवस्थापिकाको केप टाउन र न्यायपालिको ब्लामफोन्टेनमा रहेको छ । तर सबैभन्दा ठूलो शहर भने जोहानेसबर्ग हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७