शेयर बजार ६० अंकले बढ्यो, १८ वटाको शेयर मूल्य घट्दा १६८ कम्पनीको बढ्यो


१८ पुष २०७८, आईतवार
share

काठमाडौं । हप्ताको पहिलो दिन आज (आइतबार) शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज आइतवार ६० दशमलव ४१ अङ्कले बढ्दै दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ ।

आज चार वटा कम्पनीको शेयर यथावत् हुँदा १८ वटाको शेयर मूल्य घटेको छ भने १६८ कम्पनीको बढेको छ । आजको कारोबारमा २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता सेयर बिक्री भएका छन् । आज कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर घटेको छ ।

आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले बढेको छ ।

आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुर्खाज फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७