माओवादी केन्द्रको बन्द सत्र फेरि शुरु, केन्द्रीय सदस्यको नाम घोषणा हुँदै


०७:१२ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत जारी बन्द सत्र पुनः शुरु भएको छ । प्रदेशतर्फ प्रतिनिधित्व गर्ने समानुपातिक केन्द्रीय सदस्यको टुंगो लगाउन केही घण्टा बन्द सत्र स्थगित भएको थियो । अपराह्न पौने ४ बजेसम्मका लागि बन्द सत्र स्थगित भनिए पनि तोकिएको समय भन्दा केहि ढिलागरी शुरु भएको हो ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशतर्फ सर्वसम्मत गर्दै टुंग्याएका नाम पढेर सुनाउने छन् । उनले पढेर सुनाएका नाम बन्द सत्रमा अनुमोदिन भएपछि निर्वाचन आयोगले उनीहरू निर्वाचित भएको घोषणा गर्नेछ ।

माओवादीले सात प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्ने गरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउन चाहेको छ । सर्वोच्च अदालतले नेकपा भंग गर्दै पार्टी पुनःस्थापना भएयता माओवादी केन्द्रको स्थायी कमिटीमा १५ सदस्य छन् । माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २९९ सदस्य रहने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७