मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण


१८ पुष २०७८, आईतवार
messi 9jgYQ0vD1N

काठमाडौं । फुटबल खेलाडी लिओनल मेस्सीसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का चार खेलाडीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । एशोसिएट प्रेसका अनुसार सोमबार राति फ्रेन्च कप खेल्नुअघि टोलीका सदस्यलाई कोरोना पुष्टि भएको हो ।

शनिबार पीएसजीले एक स्टाफ मेम्बरलाई पनि कोरोना संक्रमण भएको विज्ञप्तिमा जनाएको छ । तर त्यसमा क्लबले खेलाडीहरुको नाम भनेको थिएन । अर्को विज्ञप्ति आइतबार जारी गर्दै मेस्सी, लेफ्ट ब्याक हुआँ बर्नाट, ब्याकअप गोली सर्जियो रिको र १९ वर्षीय मिडफिल्डर नाथन बिटुमाजालालाई कोरोना भएको जनाएको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७