इङ्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलको बराबरी


०७:३९ बजे

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गए राति भएको खेलाम चेल्सी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ ।

गए राति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग एभर्टन ३ -२ गोल अन्तरले पराजित भयो । यस्तै ब्रेनफोर्डले एस्टोन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७