‘ए’ डिभिजन लिग : आज सातदोबाटो र हिमालयन भिड्दै


१९ पुष २०७८, सोमबार
A division 8dX15b7ms1

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग ०७८ मा आज (सोमबार) सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ । यो प्रतियोगिताको सातौं चरणका अन्तिम खेल हुनेछ ।

खेल दशरथ रंगशालामा हुनेछ । माथिल्लो डिभिजनको लिगमा नव प्रवेशी रहेको सातदोबाटोको ६ खेलबाट ८ अंक छ र सातौं स्थानमा रहेको छ । हिमालयनको पनि ६ खेलबाट ८ अंक नै छ र आठौं स्थानमा रहेको छ ।

दुवै टिम प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट सुरुआत लिएका सातदोबाटोले पछिल्ला तीन खेलमा एकै अंक मात्र बटुलेको छ । उसमाथि फेरि लयमा फर्कने दबाब हुनेछ । हिमालयन भने पछिल्ला दुई खेल लगातार जितेर उत्साहित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७