दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी : एक पक्राउ


१९ पुष २०७८, सोमबार
south africa

काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ । राजधानी सहर केपटाउनस्थित संसद् भवनमा आगलागी भएको बीबीसीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोअनुसार संसद भवनको आसपासका क्षेत्रमा धुवाँको कारण कालो बादल फैलिएको छ । त्यस्तै संसदको छतमा आगोको मुस्लो देख्न सकिन्छ । प्रहरीका अनुसार यो घटनामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र सोधपुछको काम भइरहेको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले घटनास्थलको भ्रमण गर्दै अग्निनियन्त्रण टोलीको प्रशंसा गरेका छन् । उनले आगलागी सुरु भएको केही समयमा नै अग्नि नियन्त्रण टोली संसदमा पुगेको र यसलाई पूर्ण रूपमा क्षति हुनबाट बचाएको उनको भनाइ छ ।

संसद नजिकै रहेको एक चिहानमा नोबेल पुरस्कार विजेता डेसमण्ड टुटुको अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टि सकिएको केही समयमा संसद भवनमा आगलागी भएको हो । अधिकारीहरुका अनुसार आगलागी सुरु हुनेबित्तिकै बज्नुपर्ने साइरन बजेको थिएन । साइरन बज्दासम्म आगलागी फैलिसकेको थियो । अहिलेसम्म के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । मानवीय क्षतिको समाचार पनि आएको छैन । आइतबार बिदा भएकाले संसद् बन्द थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७