दुर्लभ घटना : दक्षिण कोरियाली नागरिक सीमा पार गरी उत्तर कोरिया भागे


१९ पुष २०७८, सोमबार
south korean defects to north korea1641183376

काठमाडौं । विश्वकै सबैभन्दा कडा सुरक्षा बल तैनाथ गरिएको सिमाना पार गर्दै एक दक्षिण कोरियाली नागरिक उत्तर कोरिया भागेको आइतबार दक्षिण तर्फको सेनाले जनाएको छ । यसलाई एकदम दुर्लभ घटना मानिन्छ । किनकी प्रायः उत्तर कोरियालीहरु सिमा पार गरि दक्षिणतर्फ आउने गरेका छन् ।

उनले शनिबार रातिको ९ बजे दुई कोरियालाई छुट्याउने डीएमजी जोन प्रवेश गरि उत्तर कोरिया भागेको बताइएको छ । यसमा ती व्यक्ति ज्युँदै पुगे या उनको अवस्था केकस्तो छ भन्ने चाहिँ स्पष्ट पारिएको छैन । तरपनि सैन्य हटलाइन मार्फत उनको सुरक्षाका लागि नोटिस पठाइएको छ ।

सिमाना पार गर्नु दक्षिण कोरियामा अवैध मानिन्छ । उता उत्तर कोरियामा पनि कोरोना भाइरसका कारण सीमानामा अत्यन्तै कडाइ अपनाइएको छ ।

यसअघि एक दक्षिण कोरियाली मछुवारा उत्तरतर्फको सिमानामा बेपत्ता भएका थिए जसलाई पछि उत्तर कोरिायली सेनाहरुले गोली हानेर मारेको खुलासा भएको थियो । उत्तर कोरियाले यसका लागि भाइरस विरद्धको नियमलाई जिम्मेवार ठहर्याउँदै माफी मागेको थियो ।
दुई महिना अगाडि उत्तर कोरियाली प्रमुख किम जोङ उनले राष्ट्रिय आपतकाल घोषणा गरी सीमाना पूणर् रुपमा बन्द रहने बताएका थिए । यसरी उत्तर कोरियामा जारी लकडाउनकै कारण त्यहाँबाट दक्षिण कोरिया भाग्ने दर अहिलेसम्मकै कम बिन्दुमा झरेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७