एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश


०७:१७ बजे

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई काँग्रेसमा प्रवेश गराएका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब २ सय जनालाई काँग्रेस प्रवेश गराइएको काँग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।

पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदी लगायत कार्यक्रममा सहभागी रहेको काँग्रेस अर्घाखाँचीका नेता डा इन्द्रमणि पौडेलले जानकारी दिए । दुर्गाफाँटमा आएका छन् कार्यक्रममा करिब ८ हजार मानिसको जनसहभागिता रहेको आयोजकले जनाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७