नेकपा (एस) ले पनि टुङ्गो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेद्वार


१९ पुष २०७८, सोमबार
nekapa samajbadi

काठमाडौं । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले प्रदेश-१ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कणर्ाली प्रदेशबाट उदय बोहोरा र सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७