अध्यक्षमा पुन: निर्विरोध भएपछि प्रचण्डले भने, ‘यो मेरा लागि अन्तिम अवसर र चुनौति हो’


१९ पुष २०७८, सोमबार
Prachanda CM 20220103113351

काठमाडौं । नेकपा माओवादीको अध्यक्षमा फेरि पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन् । उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए । ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु । नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने ।

उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिम पटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए । उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७