पदाधिकारी चयन नगरी सकियो माओवादीको वैठक


१९ पुष २०७८, सोमबार
Maoist Kendriya Committe a1641211073

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सकिएको छ । बैठकले अध्यक्षको टुंगो लगाए पनि पदाधिकारीको विषयमा छलफल नै नगरी स्थगित भएको छ । अर्को बैठक पुस २५ गतेलाई डाकिएको केन्द्रीय सदस्य इन्द्रजीत थारुले जानकारी दिए ।

उनका अनुसार आजको नव निर्वाचित केन्द्रीय सदस्यहरुको शपथ लगत्तै बैठक बसेको र बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको थियो । ‘शपथ ग्रहणपछि बसेको आजको बैठकले अध्यक्षमा प्रचण्डलाई चयन निर्विरोध चयन गरेको छ । पदाधिकारीको विषयमा भने छलफल भएन । अर्को बैठक पुस २५ गतेलाई बोलाइएको छ,’ थारुले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७