सुदूरपश्चिममा नबिल बैंकको उद्यमशीलता विकास तथा वित्तीय सक्षरता


१९ पुष २०७८, सोमबार

काठमाडौं, १९ पुस । नबिल बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका र डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङ अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

नबिल बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै गाउँपालिकाबासीहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा ८ दिने तालिम कार्यक्रम सुरु
बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा युवा उद्यमशीलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी ८ दिने तालिम कार्यक्रम भएको छ।

कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो। ७ दिने तालिम कार्यक्रममा १२० जना सहभागि थिए।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो। नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको जनाएको छ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरु गरेको छ। बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशीलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७