नवलपरासीको भटौलियामा सिटिजन्स बैंकको सेवा


१९ पुष २०७८, सोमबार
Press release photo tiArsFAyho scaled

काठमाडौं, १९ पुस । सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायतका सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरीका आफ्ना १७४ वटा शाखा, १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७