नवलपरासीमा १६ जनाबीच ‘ग्याङ फाइट’, एक जनाको गयो ज्यान


२० पुष २०७८, मंगलवार
jhadap
सांकेतिक तस्विर

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा १६ जनाबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ग्याङ फाइटमा बर्दघाट नगरपालिका-२, सुखौराका २५ वर्षीय विशाल भनिने सूर्यबहादुर थापाको मृत्यु भएको हो ।

स्थानीय आम्बास बस्ने २१ वर्षीय तुलबहादुर घर्तीसहित १६ जनाबीच गत शुक्रबार साँझ झगडा तथा कुटपिट भएको हो । त्यस क्रममा टाउकोमा चोट लागि गम्भीर घाइते भएका थापाको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न १५ जनालाई इलाका प्रहरी कार्यालय (बर्दघाट) ले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७