दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलोपल्ट दुई जनाको मृत्यु


२० पुष २०७८, मंगलवार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दक्षिण कोरियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । राजधानी सोलबाट तीन सय ३० किलोमिटर टाढा ग्वान्जौमा सङ्क्रमितको ज्यान गएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले दुई जनाको ज्यान गएको पुष्टि गरी सङ्क्रमणबारे थप चिन्ता व्यक्त गरेका समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले पनि महामारीको रूप लिन सक्ने स्वास्थ्य अधिकारीहरुको भनाइ छ । ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको थियो ।

दक्षिण अफ्रिकाले गएको नोभेम्बर २४ मा नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो । लगत्तै विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’का रूपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७