एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित


२० पुष २०७८, मंगलवार
Mbappe DdNEFmg8bp

काठमाडौं । फ्रेन्च कपअन्तर्गत सोमबार राति भएको खेलमा पीएसजीले भेन्समाथि ४-० को फराकिलो जित हात पारेको छ ।
फ्रेन्च कपको अन्तिम ३२ को खेलमा भेन्सलाई हराउने क्रममा पीएसजीका कायलिन एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरे । खेलको २८ औं मिनेटमा पीएसजीका प्रेसनेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा थप गोल नभए पनि दोस्रो हाफको ५१, ७१ र ७६ औं मिनेटमा गरी एमबाप्पेले तीन गोल थपे र टोलीलाई फराकिलो जित दिलाए । पीएसजीले पछिल्लो सातमध्ये ६ पटक फ्रेन्च कपको उपाधि जितेको छ । यो टोली सन् २०१५ पटि प्रत्येक पटक फाइनलमा पुगेको छ । सोमबारको खेलमा कोरोना संक्रमण पुष्टि भएको कारण लियोनेल मेस्सीसहित पीएसजीका चार खेलाडी भने अनुपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७