यूएईको सैन्य उपकरणसहितको जहाजमा हुथी विद्रोहीको कब्जा


२० पुष २०७८, मंगलवार
UAE ship DuYLMesgTJ

काठमाडौं । यमनमा युद्ध गरिरहेको विद्रोही हुथी समूहले यूएईको जहाज लाल सागरबाट आफ्नो कब्जामा लिएको बताएको छ । यो जहाजले सैन्य उपकरणहरु बोकेको र अनुमतिसमेत नलिई हतियार ओसारपसार गरिरहेको हुथीको आरोप छ । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा हुथीका सैन्य प्रवक्ता याहिया सारीले उक्त जहाज यमनको जलक्षेत्रमा अनुमति विना प्रवेश गरेको र यसले ‘शत्रुतापूणर् कार्य’ का सामग्री ओसारपसार गरिरहेको बताएका छन् ।

लाल सागर व्यापार तथ ऊर्जा आपूर्तिको लागि निकै महत्वपूणर् रुट हो। साउदी गठबन्धनले यो घटनाबारे जानकारी दिँदै यो आक्रमणलाई ‘सशस्त्र डकैती’ भएको बताएको छ । साउदीले भने यो जहाजमा स्वास्थ्यसम्बन्धी सामग्री रहेको दाबी गरेको छ । हुथीले तत्कालै उक्त जहाज नछाडे आवश्यक कदम चाल्ने चेतावनी साउदी नेतृत्वको गठबन्धनले दिएको छ ।

हुथीले सार्वजनिक गरेको जहाजको भिडियोमा उक्त जहाजमा सैन्य स्टाइलका गाडीहरु देखिएका छन् । साउदीको राष्ट्रिय टेलिभिजनले भने उक्त जहाजमा हुथीले सैन्य गाडीहरु राखिदिएको आरोप लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७