जसपाले छान्यो राष्ट्रिय सभाका लागि उम्मेदवार


२० पुष २०७८, मंगलवार
jasapa office

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ ।
जसपाले प्रदेश-१ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश-२ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।

यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ ।

त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २-२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १-१ जना, प्रदेश १ र कणर्ाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १-१ जनाका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७