ह्वातै बट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


०८:०३ बजे

काठमाडौं । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा पनि सुनचाँदीको भाउमा गिरावट आएको छ । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गिरावट आएर तोलाको ९१ हजार ७०० कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तोलाको १२ सय ५० रुपैयाँ तोकेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७