लिङदेनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)


११:२४ बजे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका नवराज सुवेदी छन् । राप्रपाको विधानमा १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । मनोनयन हुनेमा रुपन्देहीका दिपक बोहोरा र निरन्जन थापा, उदयपुरका हरिबहादुर बस्नेत, रामेछापका नवराज सुवेदी, रोल्पाका बालाराम घर्ती, भोजपुरका टंक ढकाल, बाँकेका प्रेमबहादुर भण्डारी, म्याग्दीका भिमप्रसाद गौचन, लमजुङका हेमजंग गुरुङ,धादिङका ठाकुर प्रसाद शर्मा, सुनसरीका रामकुमार सुब्बा,सुर्खेतका मुकुन्दश्याम गिरी हुन्। यस्तै, भक्तपुरमा दिनेश श्रेष्ठ, काठमाडौंका प्रा.डा. गीताभक्त जोशी, झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन कुमार श्रेष्ठ, नुवाकोटका झनक प्याकुरेल, अछामका श्यामबहादुर शाही, सोलुखुम्बुका एजी शेर्पा, ललितपुरका पुष्पराज पुरुष, जुम्लाका रमानन्द न्यौपाने, नवलपरासीका सरोजा शर्मा, सिराहाका रामप्रताप साह ’भोला’, खोटाङका रविन चाम्लिङ, स्याङ्जाका दयराज पोखरेल, काठमाडौंकी सरस्वती केसी,अधिकारी,रामेछापका दिनेश कार्की, कैलालीका वीरेन्द्र बम, रुकुम पूर्वका केशवचन्द्र समाल, झापाका अम्बर बहादुर विष्ट र काठमाडौंका नवीन शाही केन्द्रीय सदस्यमा मनोनित भएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७