राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी


२० पुष २०७८, मंगलवार
Lumbini cpn uml candidate

लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीन सिटका लागि हुने निर्वाचनका लागि सत्तारूढ गठबन्धनका तर्फबाट तीन र नेकपा (एमाले) का तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आज मनोनयनपत्र दर्ताको समय तोकिएको थियो ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) की राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विकले उम्मेदवारी दिएका छन् । यस्तै, एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनीमा २९६ मतदाताले मतदान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७