राष्ट्रिय सभा निर्वाचन : प्रदेश-१ मा तीन सीटका लागि आठ जनाको उम्मेदवारी दर्ता


२० पुष २०७८, मंगलवार
1641292723 sadasya pardesh 1 1200x560 1

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश-१ मा पाँच दलीय गठबन्धन, एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गठबन्धनबाट तीन, एमालेबाट तीन र राप्रपाका दुई उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनबाट कांग्रेसका झापा निवासी गोपालबहादुर बस्नेतले ‘अन्य’, एकीकृत समाजवादीबाट भोजपुरकी जयन्ती राईले ‘महिला’, र जसपाबाट भोजपुरकै हेमराज राईले ‘आदिबासी’ तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी एमालेबाट मोरङका गुरु बरालले ‘अन्य’, झापाकी सुमित्रा भण्डारीले ‘महिला’ र सोलुखुम्बुका ग्यालजेन शेर्पाले ‘आदिबासी/जनजाती’बाट उम्मेदवारी दर्ता गराएका हुन्। राप्रपाबाट झापाका अमर बिष्टले ‘अन्य’ र झापाकै रन्जु प्याकुरेलले ‘महिला’कोटामा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ मा १३७ पालिकाका प्रमुख र उपप्रमुखमध्ये एमालेका दुई जनाको मृत्यु भएकाले जम्मा २७२ मतदाता छन् । प्रदेश सभाका जम्मा ९२ प्रदेश सांसद पनि मतदाता हुन्छन् । सांसदको मतभार ४८ र प्रमुख र उपप्रमुखको १८ हुने भएकोले प्रदेश-१ मा गठबन्धनको चार हजार ६६८, एमालेको ४५२ र राप्रपाको १२० मतभार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७