बंगलादेशमा नेपाललाई चार स्वर्ण


२० पुष २०७८, मंगलवार
Karate1641290677

काठमाडौं । बंगलादेशमा सम्पन्न बी-जी कराते च्याम्पियनसिपमा नेपाल सितेरियो करातेका खेलाडीले चार स्वर्ण पदक जितेका छन् ।
बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामा, पासाङ तामाङ र ग्लाल्मो सोमिका लामाले स्वर्ण पदक जितेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए ।

डिजेन डोल्माले कुमिते र काता स्पर्धामा गरी दुई स्वर्ण पदक जितेका हुन् । पासाङले ७० किलो तौल समूहको कातामा स्वर्ण पदक जितेका हुन् । ग्याल्मो सोमिकाले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण पदक जितेकी हुन् ।

नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जित्न सफल भयो । पासाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहमा कुमितेतर्फ रजत पदक जितेकी हुन् । रविन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविनाले ४५ किलो र उमङ्ग बुढाथोकीले १४ वर्ष मुनिको उमेर समूहमा काश्य पदक जितेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७