शेखर कोइरालाले बोलाए आफू पक्षीय बैठक


२० पुष २०७८, मंगलवार
shekhar koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाइएका छन् । उनले राजधानीको बसेरा होटलमा बुधबारका लागि बैठक बोलाएका हुन् । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा आफू समूहबाट १४ औं महाधिवेशनमा उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवार र नेताहरुलाई सहभागी हुने बताइएको छ । बैठकमा गत महाधिवेशनका सन्दर्भ र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निणर्यका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए । कोइराला पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका थिए भने देउवासँग पराजित बनेका थिए । यसअघि कोइरालाले आफूले कांग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७