जंगली हात्ती मृत फेला, विद्युतीय धरापमा परेको हुनसक्ने अनुमान


२० पुष २०७८, मंगलवार
elephant

बर्दिया । बर्दियाको राजापुर नगरपालिका-१० ढुण्डीपुरपुरमा मंगलबार जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल-भारत सीमाना नजिक ढुण्डीपुर गाउँको गहुँ र तोरी खेतमा हात्ती मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

नेपाल भारत सीमानाको ९३ र ९४ नम्बरको विद्युतीय धरापमा परेर मृत्यु भएको अनुमान बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । घटनास्थलमा निकुञ्ज, वन कार्यालयलगायतका टोली अनुसन्धानका लागि गएको उनले जनाए । तीन दिन अघि यहाँ जंगली हात्तीको आक्रमणबाट धुरिया थारुको मृत्यु भएको थियो । एक दशकयता बर्दियामा विद्युतीय धरापमा परी चार वटा हात्ती मारिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७