प्रधानन्यायाधीश-पत्नीको नाममा अर्ब बढीको अवैध सम्पत्ति रहेको दाबी गर्दै अर्को उजुरी


२१ पुष २०७८, बुधबार
cholendra

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा. गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले हिजो मंगलबार पूरक निवेदन दिएका हुन् । जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन् ।

यसअघि डा. केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७