अमेरिकामा नोभेम्बरमा ४५ लाख बढीले छाडे जागिर


२१ पुष २०७८, बुधबार
America

काठमाडौं । अमेरिकामा गत नोभेम्बरमा ४५ लाखभन्दा धेरै मानिसले जागिर छाडेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकामा पछिल्लो समय मानिसको आत्मविश्वास पनि कमजोर बन्दै गएको देखिएको उल्लेख गरेको छ ।

अमेरिकामा नयाँ कर्मचारीको माग पनि बढेको छ । नोभेम्बरको अन्तिम दिन अमेरिकामा १ करोड ६ लाख नयाँ कर्मचारीको माग देखिएको थियो । नोभेम्बरमा कर्मचारी माग पनि पाँच लाखभन्दा धेरैले बढेको हो । नोभेम्बरमा अमेरिकामा निर्माण, खाद्य सेवा तथा वस्तु उत्पादनको रोजगारी सिर्जनामा पनि कमी आएको छ । नोभेम्बरमा ६७ लाख मानिसलाई काममा राखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७