भावी रणनीति बनाउन शेखर कोइराला पक्षको बृहत बैठक बस्दै


२१ पुष २०७८, बुधबार
Shekhar1639529892

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज (बुधबार) बस्ने भएको छ । महाधिवेशन र त्यसपछिको पार्टीभित्रको अवस्थाको समीक्षा गर्ने भन्दै डाकिएको बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने भएको छ ।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामुहिक धारणा बनाउन लागेको हो । सो समूहका नेताहरूबीच हिजो पनि छलफल भएको थियो । सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो ।

सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उनी आफू ईतर समूहलाई पेलरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए । कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७