राष्ट्रिय पोशाक अभियानका सयौं युवाहरु एमालेमा प्रवेश
ललितपुर : ललितपुरमा राष्ट्रिय पोशाक अभियानका सयौँ युवाहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले क्षेत्रीय समवन्य कमिटीद्वारा चापागाउमा आयोजित बृहत् कार्यक्रममा प्रवेश गरेका हुन् । उनीहरूलार्इ एमालेका पोलिटब्युरो सदस्य महेन्द्र पाण्डेले पार्टी प्रवेश गराए ।
पछिल्लो नाकाबन्दी को समयमा आत्मनिर्भर बन्नलाई लालितपुरका युवाहरूले राष्टिय पोशाक अभियान सञ्चालन गरेका थिए । एमालेको रास्ट्रबादी चरित्रका कारण आफूहरू एमाले प्रवेश गरेको एक नव प्रवेशी प्रबल महर्जनले बताए ।
कार्यक्रममा एमाले प्रवेश गरेका डिआइजी नवराज सिलवालले लोकतन्त्र जनजीविका र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दृष्टिकोणमा एमालेले मात्र सही पार्टी भएकोले एमाले प्रवेश गरेको बताए । अब दुई तिहाइ बहुमत ल्याएर आर्थिक समृद्धी र विकासमा सबै लाग्न जरुरी आवश्यक छ उनले भने ।
कार्यक्रम युवा सङ्घका अध्यक्ष्य राजिब पहारीले रुसबाट जार शासनको अन्त्य एवम् भारतीय आन्दोलनमा युवाहरूको अगुवाइलाई उदाहरण दिँदै १९ वर्षका बुद्धको घर छोडेर शान्तिको अपिल गर्दा युवा जोस र उमेरले काम गरेको बताए ।उनले समतामुलक समाज निर्माण गर्दै सबैलाई समान अवसर दिन अबको युवा आन्दोलनको मुख्य एजेण्डा भएको बताए । नवराज सिलवाल जस्तो इमान्दार अधिकृतलाई राज्यले चिन्न नसकेको र उल्टै उनी माथि विभिन्न दुख दिने काम गर्न खोजेकोमा युवा संघले एक-एक हिसाब लिएर बसेको छ उनले भने ।
कार्यक्रमका एमाले पोलिटब्युरो सदस्य महेन्द्र पान्डेले युवाहरू नै मुलुकको प्रमुख शक्ति भएको बताए । उनले अब देश विकासका लागी एमालेलाई प्रमुख शक्ति बनाएर पाच वर्ष सरकार चलाउनकाे विकल्प नरहेकाे बताए ।