सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२१ पुष २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

सिन्धुली । सिन्धुलीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडीमा ट्याक्टर र मोटरसाइकल मंगलबार राति आपसमा ठोक्किँदा मोटरसाइकल चालक २४ वर्षीय शिवकुमार खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

प्रदेश २-०३-०२१ प ७६०८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ज १ त ६३८७ नं को ट्याक्टर आपसमा ठक्कर खाएका थिए । ट्याक्टर चालक कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवास बस्ने ३२ वर्षीय ईन्द्रबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका-७ डम्बरखाडीमा स्कुटर र मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही वडा कत्लेखेतका ५५ वर्षीय वीबहादुर मगरको मृत्यु भएको छ ।

डिएसपी लामाका अनुसार दुर्घटनामा घाइते मगरको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । मोटरसाइकल चालक र स्कुटरका दुईजना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७