प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्दै


२१ पुष २०७८, बुधबार
deuwa 1

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सबै मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग बुधबार दिउँसो ३ बजेतिर सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

सरकारका काम कारवाहीबारे सबै मन्त्रालयका मन्त्री र सचिवहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो छलफलअघि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो साढे १ बजे बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७