चार बुँदे सहमतिपछि ४१ दिनपछि रुवी खानले तोडिन् अनसन


२१ पुष २०७८, बुधबार
rubi khan govinda kc IsMUZZmpyJ

काठमाडौं । अधिकारकर्मी रुवी खानले अनसन तोडेकी छन् । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित गरेको घोषणा गरिएको हाे ।

रुवी विगत ४१ दिनदेखि अनसन बस्दै आएकी थिइन् । सरकारसँग मंगलबार भएको चार बुँदे सहमतिलगत्तै आन्दोलनरत पक्षले अनशन तोडेर धर्ना स्थगित गरेका हुन् । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह लामो समयदेखि अनसनरत थियो ।

निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याएका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति भएको हो ।

यस्तै, निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, आन्दोलनरत व्यक्तिलाई समेत अभियुक्तको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयमा निजको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति भएको छ । यस्तै, छानबिन प्रतिवेदनमा औंल्याएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७